प्योङयाङ। गत मंगलबार उत्तर कोरियाले प्रहार गरेको आणविक क्षेप्यास्त्र हालै उत्तर कोरियामा निर्माण भएको कुरा उत्तर कोरीयालि सरकारी समाजारले जानकारी दिइएको हो। उक्त विषयमा उत्तर कोरियाले कुनै प्रतिक्रिया दिएको छैन। पटक पटक आणविक परिक्षण गरीरहने कोरियाले यस पटक पनि परिक्षणको लागि क्षेप्यास्त्र हानेको र उक्त क्षेप्यास्त्र जापानको समुन्द्रमा खसेको कुरा जापानले बताएको छ।
उत्तर कोरियाको एकेडेमी अफ डिफेन्स साइन्स्ले उक्त क्षेप्यास्त्र हालै निर्माण गरेको थियो। उत्तर कोरियाले पुनःक्षेप्यास्त्र हानेको कुरा विश्व समाचारले सम्प्रेषण गरेको थियो। कोरियाले हानेको क्षेप्यास्त्र जापानको सिमा अन्तर्गगको एक समुन्द्रमा खसेको जापानले बताएको थियो। यस्ता क्षेप्यास्त्र कोरियाले बारम्बार परिक्षण गर्दै आएको छ।