काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको पानी वितरणका लागि काठमाडौंमा अझै ६ सय किलोमिटर पाइप बिछ्याउन बाँकी रहेको छ। काठमाडौंको चक्रपथभित्रका क्षेत्रमा अझै ६ सय ५० किलोमिटर सडकमा पानीको पाइप बिछ्याउन बाँकी रहेको देखिएको हो।
धुम्बाराही, महाराजगञ्ज, सामाखुसी, नयाँबजार, कलंकी, कालीमाटीलगायत क्षेत्रमा पाइप बिछ्याउन ठेक्का लागेर काम भइरहेको छ । यी क्षेत्रमा करिब डेढ सय किलोमिटरमा पाइप बिछ्याउने काम सकिएको र ६५० किलोमिटर क्षेत्रमा काम गर्न बाँकी रहेको हो।
काठमाडौंमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गर्न नयाँ पाइप बिछ्याउने परियोजनाअन्तरगत निर्माणाधीन ८ सय किलोमिटर क्षेत्रको काममा करिब १५० किलोमिटर क्षेत्रको काम सकिएको छ।