काठमाडौं। जुम्लामा तेस्रो पटक परेको भारी हिमपातले नाग्म–गमगडी सडक अवरुद्ध भएको छ। यही माघ २० गते साँझदेखि भएको भारी हिमपातले नाग्म–गमगडी सडक अवरुद्ध भएको हो।
सडक अवरुद्ध हुँदा यहाँका स्थानीयले सास्ती भोग्नु परेको छ। नाग्म–गमगडी सडकको जुम्ला बोतादेखि मुगुको पिनासम्म सडकमै झन्डै दुई फिटभन्दा बढी हिउँ जमेपछि सडक अवरुद्ध भएको छ।हिउँ पन्छाउन मेसिन तयारी अवस्थामा राखिएको छ। घाम लागेको खण्डमा दुई दिनभित्र सडक सञ्चालन हुन सक्ने बताइएको छ। तत्काल भने सडक खुल्ने सम्भावना रहेको छैन।
सडक अवरुद्ध भएपछि जुम्ला र मुगुको आवतजावतमा समस्या भएको छ। अघिल्लो पटकको हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक खुलेको केही दिनमै भारी हिमपातले पुनःअवरुद्ध भएको स्थानीयवासी बताउँछन्।