काठमाडौं। काठमाडौंका सडकमा लेन सेपरेटर राख्न सुरु गरिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक लेन छुट्याउन लेन सेपरेटर (लेन छुट्याउने डिभाइडर) राख्न सुरु गरेको हो।
महाशाखाले रातिसमेत सडक लेन छुट्याउने खालको बत्ती राख्न थालेको हो। पहिलो चरणमा ट्रायलका लागि बबरमहल क्षेत्रको सडक लेनमा ५० वटा लेन सेपरेटर राखिएको महाशाखाले बताएको छ। महाशाखाका अनुसार त्यहाँ कतिको प्रभावकारी हुन्छ, हुँदैन भनेर लेन सेपरेटर राखिएको हो। नेपालीको बानी फुटाउने चोर्नेलगायत छ, केही भएन भने यस्ता खालका सेपरेटर उपत्यकाभित्रका अरु सडकमा पनि राखिने छ।
लेन सेपरेटर नेपालमै उत्पादित हो। यो आफैँ ढल्दैन। नट हालेर सडकमा गाडिएको छ। यसमा डोरी टाँग्न पनि मिल्छ। ‘यो सोलार सिस्टमको छ,राति आफैँ अटोमेटिक बत्ती बल्छ, बिहान भएपछि आफैँ निभ्छ, यो घामको सौर्यशक्ति सञ्चित भएर बल्ने बताइएको छ।