स्याङ्जा। गल्याङ नगरपालिकास्थित लबरकोटमा नेपाल टेलिकमले जिएसएम सेवाको नयाँ बिटिएस टावर सञ्चालनमा ल्याएको छ। टेलिकमले फोरजी तथा टुजी दुबै सेवासहित टावर सञ्चालनमा ल्याएको हो।
उक्त टावरबाट यस क्षेत्रका हजारौं उपभोक्ताको गुनासो सम्बोधन भएको नेपाल टेलिकम गण्डकी प्रदेशले जनाएको छ।
गल्याङ नगरपालिका वडा नं.११ मा सञ्चालित उक्त टावरबाट स्याङ्जाको जिमुवा, लबरकोट, तुलसीभन्ज्याङ, दिमिक लगायत क्षेत्रका साथै पाल्पा जिल्लाको असर्दी, हुँगी, फोक्सिङकोटलगायत आसपासका क्षेत्रका उपभोक्ताहरु लाभान्वित हुने टेलिकमले जनाएकाे छ।