फाइल तस्बिर
बाजुरा। बाजुरा जिल्लाको गौमुल गाउँपालिकामा जिल्लाकै सबैभन्दा लामो र अग्लो झोलुंगे पुल निर्माण गरिने भएको छ। गौमुल–३ को माझापाली र धल्काडा, पाते र गर्जे गरी तीन वटा गाउँ जोड्ने झोलुंगे पुल निर्माण गर्न लागिएको हो।
यो पुल बाजुरा जिल्लाकै लामो र बढी उचाइ भएको हुन सक्ने बताइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास कार्यक्रमबाट झोलुंगे पुल निर्माणका लागि टेण्डर आह्वान गरिएको गाउँपालिकाले जनाएको छ ।
पुल नहुँदा नगरपालिकाका ३ गाउँका स्थानीयलाई आवतजावतमा समस्या थियो। पुल नहुँदा माझपाली, धलकाडा, पाते, गर्जेलगायतका स्थानीयलाई लामो पैदल यात्रामा आवतजावत गर्नु पर्ने बाध्यता थियो। पुल बन्ने भएपछि स्थानीय हर्षित भएका छन्।