काठमाडौं। मुगु जिल्लाको सोरु गाउँपालिकाको तारापानी सिप र सोरुकोट जोड्ने बेलिब्रिज बन्द भएको छ। उक्त पुल एक वर्ष सञ्चालन भएसँगै बन्द भएको हो।
निर्माण सम्पन्न भएको एक वर्ष बितिसक्दा पनि गाउँपालिकाले रकम भुक्तानी नगर्दा निर्माण कम्पनीले पुल बन्द गरेको हो। बेलिब्रिज निर्माणका लागि गाँउपालिका र निर्माण कम्पनी कम्पनीबीच भएको सम्झौता अनुसार तोकिएको समयमै निर्माण सम्पन्न भएपनि गाउँपालिकाल भुक्तानी नगर्दा निर्माण कम्पनीले पुल बन्द गराएको हो।
पुल निर्माणका लागि पालिकासँग ३ करोड ३७ लाख ९ हजार रुपैयाँमा सम्झौता भएको थियो। तर अन्तिम किस्ता भुक्तानीमा चासो नेदखाएको भन्दै पुलको आवागमन बन्द गरिएको निर्माण कम्पनीले जनाएको छ।
गाउँसभा ढिलो भएकाले भुक्तानी रोकिएको गाउँपालिकाले जनाएको छ। सहमति अनुसार नै निर्माण सम्पन्न गरेको ठेकेदार कम्पनीलाई चाँडै नै अन्तिम किस्ता रकम भुक्तानी गरिने बताइएको छ। पुल बन्द भएसँगै गमगढी सोरुकोटसम्म सञ्चालनमा आएका सडक यातायात समेत अवरुद्ध हुँदा स्थानीयको दैनिकीमा समस्या भएको छ।