काठमाडौं। ललितपुर महानगरले सहरी सडक स्तरोन्नति गर्न ठेकेदार छनोट गरेको छ। महानगरपालिकाले १६ करोड खर्चेर सहरी सडक स्तरोन्ति गर्ने भएको हो।
ललितपुर महानगरभित्रका सडकको स्तरोन्नति र कालोपत्रे गर्न महानगरले १६ करोड ३८ लाख रुपैयाँ रकम कबोल गर्ने दुई ठेकेदार कम्पनीको बोलपत्र स्वीकृत गर्न लागिएको सार्वजनिक सूचना जारी गरेको हो।
पहिलो प्याकेजका लागि पीआर/सप्तपथ/दरमा जेभीलाई ९ करोड ६३ लाख ९९ हजार रुपैयाँमा ठेक्का सम्झौता गर्ने तयारी छ। दोस्रो प्याकेजका लागि सीएम/पवित्र/महर्जन जेभीसँग ६ करोड ७४ लाख रुपैयाँमा ठेक्का सम्झौता गर्ने तयारी गरिएको छ।
ललितपुरको सहरी क्षेत्रमा पनि अधिकांश ठाउँमा साँघुरा सडक संरचना छन्। बढ्दो जनसंख्या र सवारी साधनको चापले सडक अस्तव्यस्त हुन थालेपछि महानगरले सडक स्तरोन्नति गर्न लागेको बताइएको छ।