काठमाडौं। उपत्यका विकास प्राधिकरणले धोबीखोला करिडोर अनुगमन गरेको छ। प्राधिकरणको विकास आयुक्त जानुका ढकालसहितको टोलिले शुक्रबार करिडोर अनुगमन गरेको हो।
अनुगमनका क्रममा प्राधिकरणले यसअघि दिएको निर्देशन अनुसार सडक ओगटेर निर्माण समाग्री नराख्न अनुरोध गरेको छ। प्राधिकरणले धोबीखोला करिडोरमा सडक ओगटेर सामान राखे जफत गर्ने र आवश्यक कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
विकास आयुक्त जानुका ढकालले धोबीखोला करिडोरमा निर्माण समग्री राख्दा आवतजावतमा समस्या भएकाले निर्माण समग्री नराख्न अनुरोध गरिएको बताइन् । त्यस्तै धोबीखोला करिडोरमा जथाभावी फोहर फाल्ने गर्दा समस्या भएकाले यसको समाधानको उपाय खोजिने उनले बताइन्।
यसअघि शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले धोबीखोला करिडोरको स्थलगत अनुगमन गरेकी थिइन्। अनुगमनका क्रममा सडकमा राखिएका केही स्थानका निर्माण सामाग्री समेत उठाइएका थिए। मन्त्री झाँक्रीले नियमित अनुगमन गरि सडक र फुथपातलाइ खाली गर्ने चेतावनी दिएकी थिइन्।