काठमाडौं। इलाममा आठ सय मिटर लामो झोलुंगे पुल निर्माण भएको छ। इलामको दक्षिणी क्षेत्र माई नगरपालिका–६ को बिहीबारे र वडा १ को घण्टे जोड्ने झोलुंगे पुलको निर्माण सम्पन्न भएको हो।
नेपालमा निर्माण भएकामध्ये दोस्रो लामो झोलुंगे पुल रहेको बताइएको छ। पुल निर्माणपछि केही दिनमा नगरपालिकालाई हस्तान्तरण गरिने छ। झोलुंगे पुल निर्माणपछि माइखोला वारपार गर्न सहज भएको स्थानीयको भनाइ छ।
निर्माण कम्पनी थानी हिमशिखर जेभीले निर्माण अवधिको छ महिना अगाडि नै पुल निर्माण सम्पन्न गरिएको देवकोटाले जानकारी दिए। सात पिलरसहित निर्माण गरिएको यो झोलुंगे पुलमा चार टावर रहेका छन्। माई खोलामा पुल निर्माण भएपछि माई–१ को घण्टेदेखि देउमाई नगरपालिका जितपुरसम्मका बासिन्दालाई आवतजावत गर्न सहज भएको छ।