काठमाडौं। काठमाडौंको बालाजु बाईपास हुँदै मुड्खु भएर नुवाकोट तर्फ जाने–आउने सवारी साधनको आवागमन रोकिएको छ। स्थानीयको अवरोधका कारण सवारी साधनको आवागमन रोकिएको हो।
सडक भत्काएको लामो समय हुँदा पनि पिच नगरेपछि स्थानीयले सडक अवरुद्ध गरेका हुन्। स्थानीयले सडक पिच हुनुपर्ने माग गरेको प्रहरीले जनाएको छ। अबरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको छ।