काठमाण्डौं। भक्तपुरको सूर्यविनायक नगरपालिका–९ र १० को सिमानामा रहेको झोलुङ्गे पुल हिजोदेखि सञ्चालनमा ल्याइएको छ। उक्त पुल सरकारको कूल एक करोड १६ लाखको लागतमा निर्माण गरिएको हो।
२४४ मिटर लामो उक्त पुलको उद्य्घाटन सांसद महेश बस्नेतले गरेका छन्। यहाँको उकालो बाटो उपत्यका विकास प्राधिकरणको ४० लाखको बजेटले ढलान गरिएको, पदमार्ग बनाउन पर्यटन विकास मन्त्रालयको १२ लाखको बजेटले सिँढी निर्माण गरिएपछि यहाँको रौनक अझै बढेको छ।
एक करोड १६ लाखको लागतमा निर्माण गरिएको २४४ मिटर लामो यो पुलले सूर्यविनायकको शिव सर्किटलाई जोड्नाका साथै यहाँको विकासमा कोसेढुङा साबित भएको बताइएको छ।