काठमाडौं। नेपाल टेलिकमले असोज १५ देखि २५ गतेसम्म मुलुकभरका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क सिम प्रदान गर्ने भएको छ।
एक महिनासम्मको लागि उक्त सिममा १० रुपैँया व्यालेन्स, ६० एमबी डाटा, ४० मिनेट कुराकानी गर्ने बोनस र २० वटा सन्देश उपलब्ध हुने छ। अक्टोबर १ मा मनाइने अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस यो वर्ष असोज १५ गते परेको हुनाले त्यहि कुरालाई मध्यनजर गरेर उक्त योजना ल्याईएको हो।
उक्त सुविधा देशभर रहेको नेपाल टेलिकमको कार्यलयको काउन्टरबाट उपयोग गर्न सकिनेछ। यसको लागि एक प्रति पासपोर्ट साइजको फोटो र आफ्नो परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नुपर्ने छ। उक्त कार्यले आफ्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ज्येष्ठ नागरिकहरुलाई दुरसञ्चार र सुचना प्रविधिको पहुँचमा ल्याउन सहयोग पुग्ने अपेक्षा नेपाल टेलिकमले राखेको छ।