काठमाडौं। दैलेख–सुर्खेत सडक खण्डबाट सिधै दैलेखको दुल्लु नगरपालिका जोड्ने मोटरेबल पुल निर्माण गर्न शुरु गरिएको छ। सांसद सुशील थापा, दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारी लगायतका जनप्रतिनिधिले शुक्रबार पुलको शिलान्यास गरेका हुन्।
शिलान्यासका क्रममा सांसद थापाले पुल बनेपछि दुल्लु नगरपालिकामा पर्ने कालभैरव, मालिका, छिउडीपुसाकोट, गमौडी लगायतका गाउँहरू प्रत्यक्ष लाभान्वित हुने बताए।
कर्णाली प्रदेश सरकारको लगानीमा बन्न लागेको उक्त पुल निर्माणपछि दैलेख बजार नपुगी सिधै दुल्लु जान सकिने छ।
५२ मिटर लम्बाइ रहेको उक्त पुल प्रदेश सरकारको क्रमागत योजनाको रूपमा रहेको छ। पहिलो चरणमा पुल निर्माणका लागि ११ करोड रुपैयाँ विनियोजन गरिएको छ।