काठमाडौं। अर्घाखाँची र पाल्पा जिल्ला जोड्ने घुम्ती–पाल्पा सडक आयोजना लामो समयदेखी अलपत्र परेको छ। उक्त आयोजना २७ वर्षसम्म अलपत्र परेको हो।
२०४८ सालमा तत्कालीन जिल्ला विकास समितिका सभापति खगेन्द्र पोख्रेल हुदाँ चार वर्ष लगाएर २०५२ सालमा ट्रयाक खोल्ने काम सम्पन्न भएको थियो। पाल्पाको तीनगिरेबाट तानसेनसम्म भने सडक कालोपत्रे भइसकेको छ।
ट्रयाक खुलेको २७ वर्ष हुदाँ पनि बाटोको गति कछुवा शैलीमा छ। कोदालोले २०४५ सालमा घुम्तीबाट खन्न थालेको बाटो २०७८ सालसम्म आउँदा पनि जोखिम यात्रा गर्न यहाँका बासीन्दा बाध्य छन्। २०६३ सालमा २५ लाख रुपैयाँ विनियोजन भएर एक किलोमिटर कालोपत्रे भएको सडकको गति १५ वर्षपछि पनी उस्तै छ।
बुटबल–सन्धिखर्क सड्कपछि अर्घाखाँचीकै दोस्रो सडकको रूपमा रहेको घुम्त–पाल्पा सड्क आयोजनाको काम पछाडि पर्दा स्थानीयबासिन्दा पनि असन्तुष्ट छन्। १५ वर्ष अगाडि कालोपत्रे भएको बाटो जीर्ण बनेको छ।