काठमाडौं। भक्तपुरको सूर्यविनायकमा पानी वितरणका लागि मुहाननै किनेर सर्वसाधरणलाई खानेपानी वितरण गरिएको छ। वडा नम्बर ८ रहेको सिपाडोल खानेपानी तथा सरसफाई उपभोक्ता समितिले मुहान वरपरका जग्गा किनरे पानी वितरण गरेको हो।
हाल ८ सय घरघुरीमा पानी वितरण हुँदै आएको र ४ सयले थप माग गरेपनि सबैलाई दिन नसकिएको बताइएको छ। वरपर रहेका जग्गा प्लानिङले गर्दा खानेपानीका परम्परागत मुहान सुक्दै जाने समस्या भएको सूर्यविनायक नगरपालिकाले जनाएको छ।
यसैबीच भक्तपुरको सूर्यविनायक नगरपालिकाले गरेका विकास निर्माणका कार्य बारेमा हिजो संचारकर्मीसहितले अनुगमन र अध्ययन गरेका छन्। नगरपालिकाको वडा नम्बर ८ मा रहेको ३७ शैया रहेको सूर्यविनायक अस्पताल ८ करोड ५० लाख खर्च भई सकेको वडा बताइएको छ।