काठमाडौं। कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले मोटरेबल पुलको शिलान्यास गरेका छन्। ऊर्जा विकासमन्त्री सिंहले हिजो बारेकोट गाउँपालिका–८ र नलगाड नगरपालिका–५ जोड्ने नलसिंह गाडमाथि बन्न लागेको मोटरेबल पुलको शिलान्यास गरेका हुन्।
उनले स्थानीय जनताको आवश्यकतालाई मनन गरेर प्रदेश सरकारले पुल निर्माण गर्न सुरु गरेको बताए। कर्णाली प्रदेश सरकारले उक्त पुल निर्माणका लागि चालु आव २०७८।७९ मा रु पाँच करोड बजेट विनियोजन गरेको छ। पुल निर्माण भने बहुवर्षीय आयोजना अन्तर्गत हुने जनाइएको छ।