काठमाडौं। सप्तरीको राजगढ गाउँपालिकाको वडा नम्बर ३ अन्धरी टोलमा सडक ढलान गर्ने क्रममा इँटाबिनै कालोपत्रे गरिएको छ। कमसल छड, बालुवा, गिटी, सिमेन्ट प्रयोग गरी कालोपत्रे भइरहेको हो।
इँटाबिनै कमसल निर्माण सामग्री प्रयोग गरेर सडक कालोपत्रे गरिएको स्थानीयले बताएका छन्। पालिकामा क्रियाशील राजनीतिक दलले बारम्बार सर्वदलीय बैठक बसी कालोपत्रे अगाडि बढाउन गाउँपालिकालाई आग्रह गरिए पनि पालिकाका अध्यक्षले जबर्जस्ती काम गराइरहेको स्थानीयले दाबी गरेका छन्।
पालिकाका अध्यक्षले सडक कालोपत्रेका लागि खरिद गरिएका निर्माण सामग्रीको नक्कली बिल बनाई पालिकाका प्रशासकीय अधिकृत मार्फत बजेट पास गराउन दबाब दिइरहेको स्थानीयले बताए।