काठमाडौं। पशुपतिनाथ परिसरभित्रको पुल भत्किएको छ।शिवरात्रिको साँझमा आरति हेर्न पुलको क्षमताभन्दा बढी भीड जम्मा भएपछि पुल भत्किएको हो।
दक्षिणतर्फको पुलको उत्तरतिरको भाग भत्किएर चर्किएको छ। पुल भत्किँदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ।
दुई वर्ष कोरोना संक्रमणका कारण बन्द पशुपतिनाथ मन्दिरमा यस वर्ष शिवरात्रि मेला लागेको हो। घाइते एक जनालाई उपचारका लागि काठमाडौं मेडिकल कलेज, सिनामंगल पठाइएको छ र अर्का घाइते सामान्य उपचारपछि फर्किएको प्रहरीले जनाएको छ।