काठमाडौं। तनहुँको ऋषिङ गाउँपालिका–५ झटारेमा खानेपानी सुविधा पुगेको छ। ऋषिङ गाउँपालिका र गण्डकी प्रदेश सरकारको रु ५१ लाखको लागतमा झटारेका २३ घरमा खानेपानी सुविधा पुगेको हो।
हालसम्म कुवाको पानी उपभोग गर्दै आएका स्थानीयवासी घरमै खानेपानी आएपछि खुसी भएका छन्। खानेपानी योजनाका लागि स्थानीय सामुदायिक वनले पनि सहयोग गरेको छ। घरमा खानेपानी सुविधा नहुँदा स्थानीयवासी बिहानै उठेर घन्टौं हिँडेर खानेपानीको जोहो गर्थे। खानेपानी जोहो गर्न बिहान सबेरै उठेर कुवा जाने स्थानीयवासीलाई घरमै धारा जडान भएपछि सहज भएको बताइएको छ।
स्थानीय तहमा जनप्रतिनिधि आएपछि धेरै गाउँमा खानेपानीको सुविधा पुगिसकेको र बाँकी रहेका ठाउँमा पनि खानेपानी सुविधा पुर्याइने बताइएको छ। “पहिला त पिउनका लागि पानीको अभाव थियो, अब पानीको अभाव छैन, जसले गर्दा आफुहरुलाई सहज भएको र तरकारी खेतिहरुमा पनी अगाडी बढ्ने स्थानीयले बताए।