वासिङटन। अमेरिकामा बजारको माग बढ्दा पनि नयाँ कार बिक्रि घटेको छ। बिक्रि घट्नुको मुख्य कारण कम्प्युटर चिप्स र अन्य आपुर्ति सामाग्री समस्या रहेको छ। महामारीको कारण अटो फ्याक्ट्री बन्द हुन गई सवारी साधन आपुर्तिमा समस्या भएको हो। महामारी हुनुभन्दा अगाडीको विक्रि तुलनामा हाल २७ प्रतिशत मात्र विक्रि दर रहेको छ। त्यस्तैगरी फियाट क्राइस्लर र फ्रान्सको पीएसए ग्रुपबीचको मर्जरपछि बनेको स्टेलान्टिसको पनि विगतको वर्षको तुलनामा यस वर्ष १९ प्रतिशतले कार विक्रि घटेको छ।
अन्य कम्पनीको तुलनामा टोेयोटाको सप्लाई चेनमा धेरै समस्या नआएको बताइएको छ। सेमिकन्डर आपुर्तिमा आएको समस्याको कारणले गर्दा विक्रि घटेको कुरा धेरेैजसो कम्पनीले औंल्याएको छ। सवारी साधन अभाव भएको कारण प्रयोग भइसकेका तथा नयाँ कारको यस वर्षमा अत्यधिक मात्रामा मुल्य वृद्धि भएको छ। यस वर्षको अन्तिम तीन महिनामा उक्त समस्यामा सुधार हुने कुरा जीएमले अपेक्षा राखेको छ। यस समस्याको कारण जीएमले उत्तर अमेरिकी प्लान्टहरुमा अस्थायी रुपमा उत्पादन नै कटौती समेत गरेको थियो। कोरोना महामारी बढेको कारण चिप्स निर्माण हुने देशहरुमा चिप्स प्लान्ट बन्द भएपछि नयाँ कार निर्माणमा समस्या भएको जनाएकौ छ।