काठमाडौं। दिपु र तेगा जोड्ने पुल निर्माण भएको छैन। जुगल गाउँपालिका–३ को विकट गाउँ दिपु र तेगा जोड्ने नेशम खोलामा वषौंदेखि पुल निर्माण नभएको हो।
पुल निर्माण नभएका कारण वर्षेनी नेशम खोला तर्ने क्रममा स्थानीयको ज्यान गइरहेको छ। पुल नभएका कारण उक्त गाउँबासी उतै थुनिएर बस्नु परेको थियो। तर स्थानीयले सो खोलामा काठको फड्के हालेका भएपनी फड्के तर्ने क्रममा वर्षेनी सर्वसाधारणले ज्यान गुमाएका छन्।
जनप्रतिनिधि चुनिएको पाँच वर्ष बित्नै लाग्दा समेत सो खोलामा झोलुंगे पुल समेत बन्न सकेको छैन। गुम्बा गाउँसम्म सडकको ट्रयाक खनिए पनि उक्त सडकको मर्मत, सुधार हुन अझै सकेको छैन।
दिगु र तेगााका स्थानीयले जुगल गाउँपालिका, वडा, प्रदेश र केन्द्रीय सरकारलाई उक्त खोलामा झोलुंगे पुल वा पक्की पुल निर्माण गरिदिन कयौं पटक आग्रह गरेका थिए। विभिन्न निकायलाई पुल निर्माण गरिदिने गरिएको आग्रह कसैले वास्ता नगरेको स्थानीयले बताए। तर खोलामा तुइन हालेपछि तुइनले वर्षेनी हुने मृत्यु रोक्न र स्थानीयलाई आउजाउ गर्न सहजता मिलेको स्थानीयको भनाइ छ।