काठमाडौं। धनगढी उपमहानगरपालिका–५ मा पर्ने पिपल चौतारा–लब्ली चोक खण्डमा निर्माण कम्पनीले नाली निर्माणका लागि ट्रेन्च खन्न सुरु गरेको छ। सो सडकमा दुवैतर्फ नाली निर्माण नगरी सडकमा हुने हीलो समाधान नहुने भएपछि नाली निर्माण कार्य भइरहेको हो।
निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनले खानेपानीको पाइप व्यवस्थापन हुन नसकेको हुनाले काम ढिलो भएको जनाएको छ। खानीपानीको पाइप फुटेछि काम ६ महिना ढिलो भएको हो। खानेपानीको पाइप र बिलुजीको पोल व्यवस्थापन भएको ठाउँमा समयमै काम गरेको कम्पनीले बताएको छ।
हसनपुर सडकसंँगै क्षेत्रीय सहरी विकास कार्यक्रमअन्तर्गत धनगढीमा सात वटा सडक खण्ड (१०.२४ किमि) निर्माणको ठेक्का कालिका कन्स्ट्रक्सनले लिएको छ। त्यसमध्ये सहिद गेट–क्याम्पस रोड र डिभोटी–पिपल चौतारा खण्डको काम मात्रै तीव्र गतिमा भएको छ। चौराहा–कैलाली नाला (चार लेन), गुल्म–चर्च र मालपोत रोडमा निर्माण प्रारम्भ नै भएको छैन भने चारवटा सडक खण्डको निर्माण कार्य सुस्त छ। खानेपानीको पाइप व्यवस्थापनका लागि पहल भइरहेको बताइएको छ।