काठमाडौं। उदयपुरको त्रियुगा नगरपालिका १६ नं वडामा करिब ३ सय घरधुरीलाई स्वच्छ सफा पिउने पानीको व्यवस्था गरिएको छ। त्यहाँ सञ्चालनमा रहेको पुरानो जीर्ण खानेपानी योजनालाई मर्मत गरिएपछि स्वच्छ खानेपानी आपुर्ति हुन थालेको हो।
खानेपानी योजना वडाको आर्थिक बर्ष २०७८/०७९ को वडागत बजेट अन्तरगत मर्मत गरिएको बताइएको छ। वडाका २ लाख अनुदान बजेट र ६० हजार स्थानीयबासीको सहयोगबाट खानेपानी मर्मतले बढी भन्दा बढी घरपरिवारलाई स्वच्छ खानेपानीको सुविधा भएको हो।
खानेपानी मर्मत सम्भारको काम वडाध्यक्ष सहित स्थानीयबासीले श्रमदान गरि मर्मत गरेका थिए। एक घर एक धारा, पुर्ण सरसफाइ हाम्रो अभिभारा भन्ने वडाको अभियान अन्तर्गत खानेपानी मर्मत सम्भार गरिएको खानेपानी समितिले जनाएको छ।