काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले टेलिफोन, इन्टरनेट, केवल टीभी सेवा प्रदायक कम्पनीलाई फेरि पोल भाडाको बक्यौता महसुल तिर्न आउन आग्रह गरेको छ। सोमबार एक सूचना जारी गर्दै प्राधिकरणले विद्युतीय संरचनाहरू प्रयोग गरेर, अप्टिकल फाइवर भाडामा लिएर बक्यौता महसुल नतिर्नेहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ।
अधिकांश सेवा प्रदायकहरूले नियमाअनुसार सम्झौतानगरी विद्युतीय संरचनाहरू प्रयोग गरिरहेको भन्दै नियमानुसार सम्झौता र नवीकरण गर्न आग्रह गरेको छ। हालसम्मको बाँकी बक्यौता भाडा रकम भुक्तानी गर्न पनि प्राधिरकणले अनुरोध गरेको छ।
