काठमाडौं। तेह्रथुम जिल्लाको गाउँपालिकाको सुक्खाग्रस्त क्षेत्रमा खानेपानीको सुविधा पुगेको छ। खानेपानी पुगेपछी गाउँपालिकाको मुहार नै फेरिएको छ।
पानिको मुहान सुक्दा मानिस तथा पशु चौपयालाई पिउने पानीको जोहो गर्ननै समस्या भएको थियो। खानेपानी समस्याकै कारण वषौँनी कति परिवार बसाईसरेर जाने गरेका थिए। गाउँगाउँमा पानी पुगेपछि यतिबेला खानेपानीको समस्याबाट मुक्त बन्न थालेका छन्। छथर गाउँपालिकाका बासिन्दाहरु, खानेपानीकै कारण कति समय खेरा फाल्नु परेको समस्या स्थानीयले बताएका छन्।
तर, अहिले खानेपानीको समस्या टरेको छ। घरमै पानी आउँछ खानेपानीबाट बचेको पानीले करेसाबारीमा तरकारीलाई सिँचाइ गर्दै आएकौ स्थानीयले बताए। बस्ती बस्तीमा खानेपानी पुगेसँगै उक्त स्थानका स्थानीयका घरका करेसा हरियाली देखिन थालेका छन्। आयोजना सञ्चालनपछि खानेपानीको समस्या टर्नुका साथै आफ्नै करेसाबारीमा तरकारी उत्पादन गर्दै आएको स्थानीयले बताए।
खानेपानी आयोजना सञ्चालनसँगै आठ सय परिवार लाभान्वित बनेको गाउँपालिकाले जनाएको छ। आयोजना सञ्चालनपछि बसाइँ सराइको संख्यामा समेत न्यूनीकरण आएको छ।