काठमाडौं। कर्णाली करिडोर अन्तर्गत हुम्ला खण्डको काम अन्तिम चरणमा पुगेको छ। दुल्ली कुना र लालीबगर क्षेत्रमा हिल्सा सिमकोट सडक आयोजनाले निर्माण कार्य अन्तिम चरण पुर्याएको हो।
दुबै स्थानमा अहिले आयोजनाले चट्टानी क्षेत्रमा विष्फोटन गर्ने र अन्य निर्माण गर्ने कार्य तीव्र पारेपछि काम अन्तिम चरणमा पुगेको छ। कर्णली करिडोरको सलीसल्ला छारे खण्ड र खार्पु सुनाखाडा क्षेत्रका लागि दुईवटा निर्माण कम्पनीहरुले छुट्टा छुट्टै रुपमा निर्माण कार्यलाई तीव्रता दिँदै आएका छन्। जसमा लालीबगर क्षेत्रमा पिएस क्याराभ्यान कङ्ग्री जेभी र दुल्लीकुना क्षेत्रमा सपना धुलीखेल जेभी निर्माण कम्पनीले काम गर्दै आएका हुन्।
खार्पु लालीबगर क्षेत्रको २२ किलो मिटरमा पाँच सय मिटर मात्र बाँकी रहेको र सलीसल्ला सल्लेरी क्षेत्रको दुल्लीकुनामा पचास मिटर चट्टानी भाग मात्र बाँकी रहेको बताइएको छ। दुबैतिर चट्टानी भाग रहेको कारण विष्फोट गर्ने कार्य र स्काभेटरले सम्याउने कार्य एकै साथ भइ रहेको छ।