शुक्लागण्डी। नेपाल दूरसञ्चार प्राधिकरणले शुक्लागण्डी–४ दुलेगौंडामा मुख्य कार्यालय रहेको डिजी लिंक नेटवर्क प्रा.लि. लाइ इन्टरनेट सेवा प्रदायकको अनुमति प्रदान गरेको छ ।
डिजी लिंक नेटवर्क प्रा.लि. ले अनुमति पायसँगै आफ्नो सेवा प्रारम्भ गर्ने तयारी गरीरहेको छ । प्रा.लि.का अध्यक्ष विपिन वाग्लेका अनुसार एक हप्ताभित्र सम्पूर्ण तयारी पुरा गरिने र भाद्र दोश्रो सातादेखि सेवा प्रारम्भ गर्ने तयारी भइरहेको छ ।
अपरेसन डिरेक्टर मदन केसीले हाल तनहूँको म्याग्दे गाउँपालिकाका तथा कास्की पोखरा महानगरपालिकाका केही स्थान त्यसैगरी भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिकामा नेटवर्क विस्तारको काम अन्तिम चरणमा रहेको जानकारी दिनुभयो ।