काठमाडौं। नागढुंगा–नौबिसे–मुग्लिङ सडक खण्डको स्तरोन्नतिका लागि ठेक्का लागेको छ। प्राविधिक मूल्यांकन सकिएको ५ महिनापछि सडक विभाग अन्तर्गत रहेको विकास सहायता कार्यान्वयन महाशाखाले ठेक्का लगाएको हो।
नागढुंगा–नौबिसे खण्ड १२.२६ किलोमिटरको ठेक्का एमरएस जियाङसु–सगुन जेभी र नौबिसे–मलेखु खण्ड ४३.५४२ किलोमिटरको ठेक्का शर्मा–लामा–जेडआइसीजी जेभीले साढे ६ अर्बमा पाएको छ।
महाशाखाका अनुसार नागढुंगा–नौबिसे खण्डका लागि एक अर्ब ३१ करोड ८४ लाख रुपैयाँमा र नौबिसे–मलेखु खण्डका लागि ५ अर्ब ३३ करोड १९ लाख रुपैयाँमा चिनियाँ कम्पनीसँग नेपाली कम्पनी जेभी (संयुक्त लगानी) मा ठेक्का पाएका हुन्।
३ वर्षमा सडक विस्तारको काम सम्पन्न गर्ने गरी ठेक्का लागेको आयोजनाले जनाएको छ।