काठमाडौं। माइतीघरको आकाशे पुल निर्माण सम्पन्न भएको छ। महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले माइतीघरको आकाशे पुलको उद्घाटन गरेका छन्।
बुधबार आकाशेपुलको उद्घाटन गर्दै उनले आकाशे पुल निर्माण अभियानअन्तर्गत हरेक वर्ष महानगरले आठ।नौ करोड रुपैयाँ बजेट छुट्याएको र आवश्यक ठाउँ हेरेर पुल निर्माण पनि गरिरहेको बताए। उनले आकाशे पुल निर्माण गर्दा सवारी साधनमा हुने अवरोध र दुर्घटनामा कमी भएको पनि जानकारी दिए।
‘आकाशे पुल निर्माण अभियनअन्तर्गत हरेक वर्ष हामीले आठ नौ करोड रूपैयाँ बजेट विनियोजन गरेका छौँ। आवश्यक ठाउँ पहिचान गरेर आकाशे पुल निर्माण गर्ने काम भइरहेको छ‚’ उनले भने‚ ‘नीति पनि छ, कार्यक्रम पनि छ। बजेट पनि छ। तर सडकपेटी साँघुरो भएको हुनाले कहाँ राख्ने भन्ने समस्या भएको उनले बताए।
माइतीघरमा निर्माण भएको आकाशे पुलले स्वास्थ्य मन्त्रालय, सिंहदरबार र सर्वोच्च अदालतमा आवतजावत गर्ने तथा सडक पार गर्नेहरुका लागि सहज बनाउने विश्वास गरिएको छ।