ल्हासा। सन् २०२१ मा दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रमा कुल एक लाख २० हजार किलोमिटरभन्दा बढी सडक यातायात सञ्चालनका लागि खोलिएको बताइएको छ।
तिब्बतमा सन् २०२१ मा पाँच नगर र ६७ प्रशासनिक क्षेत्रले सडकको पहुँच बिस्तारका लागि अग्रणी तथा कडा मेहनत गरेका बताइएको छ।
उक्त नगर तथा प्रशाशनिक क्षेत्रको अथक मेहनतपछि गत बर्षको अन्तसम्ममा तिब्बत क्षेत्रका कुल शहरहरूमध्ये ९४.५५ प्रतिशतलाई जोड्न र कुल प्रशासनिक क्षेत्रहरूमध्ये ७७.९४ प्रतिशत क्षेत्रलाई जोड्न सफल भइएको तिब्बत क्षेत्रीय यातायात विभागले जनाएको छ।
तिब्बतले सडक यातायातको लागि निश्चित सम्पत्तिमा २०.१ अर्ब युआन (लगभग ३.२ अर्ब अमेरिकी डलर) मूल्यको लगानी पूरा गरेको विभागले बताएको छ।