काठमाडौं। नुवाकोटको विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–१२ जोड्ने पक्की पुल निर्माण गरिएको छ। १२ करोड लगानीमा तादी खोलामा पुल निर्माण गरिएको हो।
उक्त निर्माण गरिएको पुल २६९ मि. लम्बाइको रहेको छ। पुल निर्माण सम्पन्न भएपनि सञ्चालनमा आउन समस्या देखिएको छ। निर्माण व्यवसायीले पुल बनाउँदा बनाएको डाइभर्सन समयमा नखोल्दा खोलाले बहाब परिवर्तन गरेसगैँ पुल सञ्चालनमा समस्या देखिएको हो।