काठमाडौं। बेसीशहर नगरपालिका–७ स्थित मनास्लु मार्ग कालोपत्रे गरिएको छ। बेसीशहर नगरपालिकाको ६० प्रतिशत लगानी र स्थानीयको ४० प्रतिशत लगानीमा २ सय २ मिटर सडक कालोपत्रे गरिएको हो।
बेसीशहर नगरपालिकाको ६ लाख रुपैयाँ र स्थानीयको ४ लाख रुपैयाँ गरी १० लाख रुपैयाँमा सडक कालोपत्रे गरिएको हो।सडक बर्खामा हिलो र हिउँदमा धुलो हुँदा स्थानीयलाई आवतजावत गर्न समस्या थियो। अहिले सडक कालोपत्रे भएपछि सहज भएको स्थानीयले बताएका छन्।
उक्त सडकको उद्घाटन गर्दै बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले गरेका हुन्। सडकको उद्घाटन गर्दै उनले स्थानीय सरकार आएपछि नागरिकको जीवन परिवर्तन भएको बताए। लामो समयदेखि सास्ती भोग्दै आएका स्थानीयको मुहारमा खुशी छाएको छ।