डडेल्धुरा। सुक्खा पहिरोले अवरुद्ध बनेको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ। पहिरो पन्छाएपछि बुधबार साँझदेखि पूर्णरूपमा राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
सडक सञ्चालनमा आएपछि रोकिएका सवारीलाई गन्तव्यतर्फ लागेको डडेल्धुराका प्रहरीले जानकारी दिए। बुधबार दिउँसो डडेल्धुराको साहुखर्क नजिकैको क्षेत्रमा सुक्खा पहिरो गएर सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने उक्त राजमार्ग अवरुद्ध बनेको थियो।