काठमाडौं। इलामको रोङ गाउँपालिकाले वडा नं २ मा दुई वटा पक्की पुल निर्माण गरेको छ। गाउँपालिकाले आफ्नै खर्चमा दुई वटा पक्की पुल निर्माण गरेको हो।
उक्त वडाको बर्फल्याङ र बदमटारमा रहेका दुईवटा खोलामा पक्की पुल निर्माण गरिएको हो। वर्षयाममा पुल नहुँदा खहरेखोलाका कारण समस्या भोग्नुपरेका स्थानीयवासीले पुल निर्माण भएसँगै खुसि व्यक्त गरेका छन्। स्थानीयका अनुसार उक्त पुलको निर्माण भएसँगै बर्फल्याङ र बबदमटारवासीलाई आवतजावत गर्न सहज भएको छ। पुल नहुँदा वर्षाको समयमा आफ्नो ज्याननै जोखिममा राखेर आवतजावत गर्नुपर्ने समस्या थियो। अहिले पुल निर्माण भएसँगै आवतजावतमा सहज भएको उनिहरुको भनाइ रहेको छ।
सोही वडाको सानो नेते र दुधेखोलामा पनि गत वर्ष पक्की पुल निर्माण गरिएको थियो। गाउँपालिकाको लगानीमा पक्की पुल निर्माण भएपछि स्थानीयवासी र विद्यालय जाने विद्यार्थीलाई वर्षायाममा समेत आवतजावतमा सहज पुगेको छ। वषौँदेखि स्थानीयवासीको समस्या समाधान गर्न आफूहरु लागिपर्दै आएकोमा बल्ल सफल भएको गाउँपालिकाका अध्यक्ष शम्शेर राईले बताए। पहिला देखिकै समस्या भएतापनी जनप्रतिनिधि आएपति मात्र उक्त काम पूरा गर्न सफल भएको उनको भनाई रहेको छ।