काभ्रे। जिल्लाको विकट खानीखोला गाउँपालिका–४ स्थित जगथली–सिम्बले सडकखण्डमा सुक्खा पहिरो जाँदा डोजरसहित दुई जना पुरिएका छन्।
जगथली–सिम्बले सडक खण्डमा सडकको ट्रयाक खनिरहेको क्रममा माथिबाट सुक्खा पहिरो आउँदा उदयपुर गाईघाट स्थायी घर भएका डोजर अपरटेर मणिराज मगर र उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर स्याङ्तान पुरिएको बताइएको छ।
स्थानीयको सहयोगमा पुरिएका दुवै जनाको उद्धारको कार्य भइरहेको छ भने प्रहरी टोली पनि घटनास्थलतर्फ आइरहेको छ।
डोजर अपरेटर मगर र समितिका अध्यक्ष स्याङ्तानको कम्मरभन्दा मुनिको भाग पुरिएको स्थानीयले बताएका छन्।
प्रहरी चौकी ताल्ढुंगाले घटनाबारे सूचना पाउनसाथ टोली घटनास्थलतर्फ लागिरहेको र घटनास्थल पुगेपछि मात्र थप विवरण दिन सकिने बताएको छ।