एजेन्सी। अफगानिस्तानमा खडेरीका कारण घरेलु बिजुली उत्पादन गर्न सम्भव नभएको कारणले गर्दा छिमेकि देशहरुबाट विधुत आयात गर्दै आएको छ। वाल स्ट्रिट जर्नलले हालै प्रकाशित गरेको रिपोर्ट अनुसार अफगानिस्तानले हाल उज्वेकिस्तान, ताजिकिस्तान लगायत छिमेकी देशहरुबाट आयात गरिरहेको बिजुलीको करौडौको बक्यौता रकम बुझाउन बाँकी रहेकाले रकम भुक्तानीको ताकेता गर्दा तालिवान सरकारले नमानेपछी ती देशहरुले बिजुली आपुर्ती बन्द गर्ने चेतावनीे दिइरहेका छन् ।
तालिवानले बिजुलीको बक्यौता रकम बुझाउन नसक्ने कुरा जनाएपछि काबुल सहित पुरै अफगानिस्तान अध्याँरोको चपेटामा पर्ने खतरा बढेको छ। त्यस्तै संयुक्त राष्ट्रसंघ तथा युरोपेली संघले अफगानिस्तानको पछिल्लो अवस्थाबारे चिन्ता ब्यक्त गर्दै अफगानिस्तान बिश्वको सबैभन्दा गरीब देशमा सुचीकृत हुने सम्भावना बढेको बताएको छ। हाल अफगानिस्तानमा आर्थिक सामाजिक र मानविय संकट बढेको कारणले गर्दा तालिवानको ज्यादती तत्काल रोक्न माग गरेको छ।