काठमाडौं। बन्दीपुर गाउँपालिका–२ स्थित सिमलटार खानेपानी आयोजनाको निर्माण भएको छ। खानेपानीको अभाव रहेको उक्त क्षेत्रका स्थानीयवासीलाई सहज बनाउन लिफ्टिङ खानेपानी आयोजना निर्माण गरिएको हो।
रु एक करोड ५१ लाखको लागतमा निर्मित आयोजना यही चैत १८ गते शुभारम्भ गरिने आयोजनाजनाएको छ। उक्त आयोजनाबाट वितरित खानेपानीबाट सिमलटार, धारापानी, चामुण्डाथान र थुम्कीका २२५ घरधुरी लाभान्वित हुनेछन्। पानीको लागि लामो समय खर्चिनु पर्ने समस्या समाधान भएको भन्दै स्थानीय पनी खुसी भएका छन्।