काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रसम्म पुग्ने दुई वटा सडक नर्माण तथा स्तरोन्नति गर्न ६५ करोड रुपैयाँको स्रोत सुनिश्चित गरिएको छ।
अर्थ मन्त्रालयले गत वर्षायाममा आएको बढीको कारण सडकमार्गहरु क्षतिग्रस्त भएपछि मेलम्चीको आयोजनास्थलसम्म पुग्ने सडक बनाउन स्रोत सुनिश्चित गरेको हो ।
सिन्धुपाल्चोकको मेलम्ची बजारदेखि मेलम्चीको हेडवर्क्ससम्म पुग्ने सडकका लागि २४ करोड ९९ लाख ९० हजार रुपैयाँ स्रोत सुनिश्चित भएको छ । यसवर्ष यो परियोजनाको लागि ५ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।
सुन्दरीजल–पाटीभञ्ज्याङ–कुटुम्साङ–अम्बाथान मेलम्ची हेडवर्क्ससम्मको सडकका लागि ४० करोडको स्रोत सुनिश्चित गरेको छ । यो सडक अब मेलम्ची जाने वैकल्पिक सडक हुनेछ ।