काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बागलुङको ढोरपाटनदेखि साल्झन्डी जोड्ने सडकको अनुगमन गरेका छन्। शुक्रबार मन्त्री पौडेलले ढोरपाटन–साल्झन्डी र गादीखोला ढोरपाटन जोड्ने सडकको अनुगमन गरेका हुन्।
मन्त्री पौडेलले अनुगमनका क्रममा तोकिएको समयमै सडकको काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिए। प्रभावित स्थानीयलाई मुआब्जा दिएर सहमतिमै काम अघि बढाउन समेत उनले आग्रह गरे। उनले कुनै समस्या भए समाधान गर्न आफू तयार रहेको भन्दै ढोरपाटन साल्झन्डी सडकको काम तीव्र रूपमा अघि बढाउन निर्देशन दिए।
यस वर्ष ढोरपाटन–साल्झन्डी सडकका लागि भौतिक पूर्वाधार मन्त्रालयले ४४ करोड रुकम विनियोजन गरी श्रेष्ठ गलवा क्यारवान कम्पनीले सडक चौडा बनाउने काम गरिरहेको छ। यस्तै, गादी खोलादेखि ढोरपाटन जोड्ने सडकको १० किलोमिटर नाली बनाउने काम सकिएर माटो बिच्छाउने काम भइरहेको लामा कन्स्ट्रक्सन प्रालिले जनाएको छ।