काठमाडौं। सर्लाही जिल्लाको चक्रघट्टा गाउँपालिकामा सडक कालोपत्र हुने भएको छ। गाउँपालिकाको चक्रघट्टा देखि गोईयाहीसम्मको सडक कालोपत्र हुने भएको हो।
उक्त सडक कालोपत्र निर्माणको ठेक्का सोनि विल्डर्स एण्ड इन्जिनियङ् निर्माण कम्पनी इमाडोलले पाएको छ। सडक कालोपत्र नहुँदा हिउँदमा धुलाम्य र वर्षामा हिलाम्य हुने हुनाले यस ठाउँका स्थानीयबासी मारमा परेका थिए। सडक हिलाम्य हुँदा सवारी साधन आवतजावतमा नै समस्या हुने गरेको थियो भने, सडक धुलाम्य हुँदा सर्वसाधारण पैदल हिड्दा बिरामी नै पर्ने गरेका थिए। अब सडक कालोपत्र हुने भएसँगै यस स्थानका स्थानीय खुसि भएका छन्। वषौँ देखि समस्या खेप्दै आएकोमा अब केही सहज हुने विश्वास गरिएको उनिहरु बताउँछन्।
सडक कालोपत्रको जिम्मा पाएको उक्त निर्माण कम्पनीले भ्याटसहित ५९ लाख ८९ हजार एक सय अठार रुपैयाँमा काम सम्पन्न गर्ने सम्झौता गरेको छ। तोकिएको समयमै निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीले दावी गरेको छ।