काठमाडौं। जोरपाटी–साखु सडकखण्डको निर्माण पूरा नभएको भन्दै गोकर्णेश्वर नगरपालिकाकी उममेयर शान्ति नेपालको नेतृत्वमा आन्दोलन भएको छ। बिहीबार बिहान ७ बजेदेखि सडक अवरुद्ध गरेर उपमेयरसहित स्थानीयले आन्दोलन गरेका हुन्।
गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाको सीमा क्षेत्रमा रहेको जोरपाटी–साखु सडक खण्ड ६ वर्षदेखि अलपत्र परेको भन्दै उनीहरुले सडक अवरुद्ध गरेका हुन्।
उनीहरुले नारायणटार बागमती पुलदेखि दक्षिणढोका पुल सम्मको सडक खण्ड बन्द गरेका छन्।
६ वर्ष अघिदेखि निर्माणाधीन जोरपाटी–साखु सडकखण्ड अझै निर्माण सम्पन्न भइसकेको छैन । धेरै ठाउँमा सडक मर्मत गर्दै छाडिएको छ। यसबाट स्थानीयवासी र सडक प्रयोगकर्ताले हैरानी भोग्दै आएका छन् ।
यो सडक खण्ड काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ र २ मा पर्दछ ।