काठमाडौं। रामेछापमा सडक निर्माण भइरहेको छ। रामेछापको मन्थली–नाटिला–फुलासी–टोकरपुर सडक निर्माण भईरहेको हो
उक्त सडक निर्माणको जिम्मा तिन वटा निर्माण कम्पनीले पाएका छन्। एम/एस कन्काई - थापा - ईमानुयल जेभि निर्माण कम्पनीले सो सडकको निर्माण पाएका हुन्।
सडकको अभावमा उक्त क्षेत्रका स्थानीयलाई आवतजावतमा निकै समस्या भएको थियो। मन्थलीदेखि नाटिला,फुलासी र टोकपुरसम्म आवतजातमा सकस भएको स्थानीयले बताएका छन्। अब सडक निर्माण हुने भएपछि आवतजावत गर्न मात्र नभएर आफुहरुले उत्पादन गरेको समानहरु बजार सम्म लगेर बिक्रि गर्नको लागि सहज हुने विश्वास गरिएको स्थानीयले बताएका छन्।
उक्त सडकको निर्माणको जिम्मा पाएका तिन वटा निर्माण कम्पनीले १७ करोड ६६ लाख ८७ हजार चार सय पञ्चानब्बे रुपैयाँको लागतमा निर्माण गर्ने भएका छन्। तोकिएको समयमै गुणस्तरीय काम सम्पन्न गर्ने निर्माण कम्पनीहरुको दाबी छ।