काठमाडौं। कर्णाली करिडोरअन्तर्गत कालीकोट सडकखण्ड फराकिलो बनाउन थालिएको छ। कालीकोटको खुलालुदेखि लैफुसम्म करिडोर क्षेत्रको ४२ किलोमिटर सडक फराकिलो पार्ने काम सुरु भएको हो ।
सडक चौडा बनाउने कामको थालनी गरिएको र दुई निर्माण कम्पनीहरुले काम सुरु गरिसकेको हुम्ला सडक डिभिजन कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार कर्णाली करिडोर साँघुरो हुँदा यातायात सञ्चालनमा समस्या भएकाले सडक फराकिलो पार्न लागिएको । सडक डिभिजन कार्यालयका इञ्जिनियर विरेन्द्र यादवले भने, “सडक फराकिलो पार्ने पहिलो चरणको काम सुरु भएको छ। अब हुम्लासम्म नै सडक फराकिलो पार्ने काम हुनेछ ।” करिडोरअन्तर्गतको ४० किलोमिटर कालीकोट खण्ड, ४४ किलोमिटर बाजुरा खण्ड र ११३ किलोमिटर हुम्ला खण्ड रहेको छ ।