काठमाडौं। दोलखा–चरिकोटदेखि जिरीसम्मको सडक विस्तार आयोजनाको काम सम्पन्न भएको छ। सडक विस्तारको ५५ किलोमिटर कालोपत्रेको काम सम्पन्न भएको हो।
तीव्र गतिमा काम भइरहेकै समयमा २ पटक लकडाउन हुँदा काम रोकिएपछि नौ महिना म्याद थप भएपछि निर्धारित समयमै काम सम्पन्न भएको बताइएको छ। अघिल्लो वर्ष लकडाउन नभएको भए अघिल्लो असारसम्म सबै काम पूरत गर्ने लक्ष्य थियो। लामोसाँघु–चरिकोट–जिरी सडक विस्तार आयोजनाअन्तर्गत सडक विस्तार भएको हो। सडक विस्तारको काम उडहिल–लामा जेभीले गरेको हो।
सडकका लागि बनाउनु पर्ने कुनै पनि काम डिजाइनअनुसार सम्पन्न भएको छ। सडक निर्माणको काम पनि निर्धारित बजेटभन्दा कममै सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ। हिउँदमा अत्याधिक चिसो र घाम नलाग्ने ठाउँमा गर्मीको समयमै कालोपत्रे हाल्नु पर्ने भएकाले समयअनुसार मिसाएर काम गरिएको हो।
सडकको निर्माण गुणस्तर, आकर्षण र पुरानो नमिलेको ग्रिडसमेत काटेर काम गरिएको छ। घुमाउरो ठाउँहरुमा ढिस्का समेत काटेर काम गरिएको, जोखिमपुर्ण ठाउँमा फामे बार लगाइएको छ। जसले सडक यात्रा सुरक्षालाई ख्याल गरेर संरचना तयार पारिएको बताइएको छ।