काठमाडौं। भारत झारखण्डमा केबलकार ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। झारखण्डको देउघर जिल्लाको त्रिकुट पहाडमा रहेको रोपवेमा चलिरहेका दुई केबलकार आइतबार साँझ ठोक्किँदा दुई जनाको मृत्यु भएको हो।
केबलकार ठोक्किएर दुर्घटना भएपछि अन्य केबलकार पनि जहाँको त्यहिँ रोकिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। सञ्चार माध्यमका अनुसार १२ वटा केबलकारमा हिँजोदेखि अड्किएका ४८ जनाको सोमबार दिउँसोसम्म पनि उद्धार गरिएको छैन।
केबलकारमा रोकिएकाहरूलाई ड्रोनको सहायताले खाना र पानी पुर्याइएको छ। भारतीय वायु सेनाको हेलिकप्टरको सहायताले उनीहरूको उद्धार प्रयास भइरहेको छ। नेसनल डिजास्टर रेस्पोन्स फोर्सका सुरक्षाकर्मी पनि परिचालन गरिएको छ।