काठमाडौं। रुपन्देहीको फर्साटिकरमा ‘फ्रेन्च फ्राइज’ उद्योग निर्माण भइरहेको छ। फ्रेन्च फ्राइजसहित आलुबाट बन्ने दर्जन बढी परिकार नेपालमै उत्पादन गर्ने गरी फर्स्ट च्वाइस फुड्स उद्योग निर्माण भइरहेको हो।
रुपन्देहीको शुद्धोधन गाउँपालिकामा उद्योगको पूर्वाधार निर्माण भइरहेको छ। यसको लागत साढे २ अर्ब लाग्ने बताइएको छ।
नेपालमा माग हुने सबै प्रकारका आलुको परिकार उत्पादन गर्ने गरी स्थापना गर्न लागिएको उद्योग आगामी दशैंअघि नै सञ्चालनमा आउने उद्योग सञ्चालकको भनाइ छ।
उद्योगले पहिलो चरणमा फिंगर चिप्स उत्पादन गर्नेगरी काम गरिरहेको छ । त्यसपछि आलुका अन्य चिप्स लगायतका परिकारहरु उत्पादनमा ध्यान केन्द्रित हुने बताइएको छ