काठमाडौं। दक्षिणकाली–सिस्नेरी सडकखण्डमा सवारी आवतजावत बन्द गरिएको छ। सडक मर्मतका लागि आज सडक बन्द गरिएको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मुड्खु हुँदै नुवाकोटतर्फ जाने फोहोर ढुवानीका सवारीसाधनलाई पनि सञ्चालनमा रोक लगाइएको छ ।
यस्तै सडक मर्मतका लागि आज पनि ललितपुरको सुनाकोठी, चौतारादेखि बांगेधारासम्मको सडकखण्डमा चल्ने सवारीसाधनलाई सातदोबाटो–धापाखेलमोड हुँदै सञ्चालन गराइएको छ ।