काठमाडौं। सोलुखुम्बुमा सडक निर्माण हुने भएको छ। सोलुखुम्बुको नेले देखि तुमसे–कागेल्टार–वाचिम–जुभो–खनिया खर्क–ऐसेलु खर्कसम्मको सडक निर्माण हुने भएको हो।
सडकको अभावमा उक्त क्षेत्रका स्थानीयबासी समस्यामा परेका थिए। नेले दखी तुमसे–कागेल्टार–वाचिम–जुभो–खनिया खर्क–ऐसेलु खर्कसम्म आवातजावतमा सकस हुँदै आएको स्थानीयले बताएका छन्। अब सडक निर्माण हुने खबरले अवातजावतमा सहज हुने भन्दै उनिहरुले खुसि व्यक्त गरेका छन्। सडक निर्माण भएमा अवातजावत मात्र नभएर विद्यार्थीहरुलाइ विद्यालय जान, आफुहरुले उत्पादन गरेका समानहरु बजार सम्म पुर्याउने सहज हुने विश्वास गरिएको उनिहरुको भनाइ छ।
उक्त सडक निर्माणको जिम्मा म्रित सञ्जिवनी निर्माण सेवा प्रालि हेटौंडाले पाएको छ। सो कम्पनीले २६ करोड ६९ लाख ७० हजार ५६६ रुपैँया लागतमा निर्माणको ठेक्का पाएको छ। तोकिएको समयमा नै निर्माणको काम सम्पन्न गर्ने निर्माण कम्पनीले बताएको छ।