बाली। इन्डोनेसियाले बायोभ्टार जे २.४ प्रतिशत परिष्कृत पाम तेलबाट बनेको जैविक इन्धन प्रयोग गरी मध्यम दुरीको जुम्ल्याहा इन्जिन भएको विमान सफलतापुर्वक उडान परिक्षण गरेको छ। उक्त उडान परिक्षणको क्रममा ऊर्जा तथा खनिज स्रोतमन्त्रीले आफुहरुले नयाँ इतिहास रच्न लागेको बताएका छन्।
पाम तेलमा आधारित बायोडिजल मिश्रण इन्धन हाल भु–यातायातमा प्रयोग गरिएको छ भने अव छिट्टै हवाई यातायातमा पनि प्रयोग गरिने भएको छ। उक्त उडानको परिक्षण १० हजार र १६ हजार फिटको उचाइमा उडान गर्ने विमानसँग गरिएकोमा जेट ए इन्धन र जे २.४ उपयोग गर्ने विमान र यस विमानमा समानता रहेको पाईएको छ। उक्त परिक्षण त्यस देशको मात्र नभएर अन्तराष्ट्रिय स्तरमा नै भएको कुरा यातायतामन्त्रीले जनाएका छन्।